खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन् भने सात घर, पाँच होटल, क्लिनिक, स्कुलमा क्षति पुगेको छ।
काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेस्थित थामे खोलामा आएको बाढीका कारण एक जना बेपत्ता भएका छन्। शुक्रबार साढे दुई बजेतिर थामे खोलामा आएको बाढीका कारण दूधकोशी नदीमा पानीको प्रवाह बढ्दा भौतिक क्षति भएको हो।
प्रहरीका अनुसार शुक्रबार अपराह्न चार बजेसम्ममा बाढीले थामे गाउँका सात वटा घर, पाँच वटा होटल, एक/एक वटा विद्यालय र क्लिनिक पूर्ण रूपमा क्षति पुर्याएको छ। सात वटा घर जोखिममा रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली पुगेर उद्धार कार्य गरिरहेको छ। स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी थप विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ।
पानीको बहाव घट्दै गए पनि कटानको कारण माथिल्लो तटीय क्षेत्रमा जोखिम रहेको जनाइएको छ। तल्लो तटीय क्षेत्रमा कटानको कारण जिल्ला सोलुखुम्बु माप्य दूधकोशी गाउँपालिका–६ बोदेबहर बलेखास्थित बस्ने ५ घरका सदस्यलाई प्रहरीले सुरक्षित स्थानतर्फ सारेको छ।
जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतासाथ सुरक्षित रहन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
