साउन १६ र १७ गतेको वर्षापछि आएको पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका किसानको धानखेत बगाएको थियो। त्यसयता पनि पहिरो जाने क्रम रोकिएको छैन।
खोटाङ– पहिरोले धान बालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन्। साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा खेत बगाएको थियो।
पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५/१५ रोपनी खेत पुरेको छ। बर्सेनि १८ मुरी धान फल्ने खेत बगाएपछि परिवार पाल्न समस्या हुने पीडित बस्नेतले बताइन्। उनको खेतको सिरानदेखि पहिरो गएको छ ।
“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ। बग्ने क्रम जारी छ,” उनले भनिन्, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ। पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पिर लागेको छ।”
पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि बगाएको छ। पहिरोका कारण घरसमेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए। खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
