नेपाली समाज, संस्कृति, साहित्य, इतिहास र भूगोलको प्रतिनिधित्व गर्ने १३ वटा पुस्तकलाई चिनिया भाषामा अनुवाद गरेर प्रकाशनको तयारी गरिएको छ।
काठमाडौँ– नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद विभागले नेपाली समाज, संस्कृति, साहित्य, इतिहास र भूगोलको प्रतिनिधित्व गर्ने १३ वटा पुस्तकलाई चिनिया भाषामा प्रकाशित गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्रतिष्ठान प्राज्ञ तथा अनुवाद विभाग प्रमुख हंसावती कुर्मीका अनुसार, प्रतिनिधिमूलक १०० वटा कृतिको सूची तय गरिएकोमा यसबाट चिनिया पक्षले १३ वटाको अनुवाद ल्याउने भएको छ। यो छनोट, अनुवाद तथा संयोजनको अरू पक्षमा अरनिको समाज संलग्न रहने र चिनिया भाषाका प्रतिनिधिमूलक कृति पनि नेपालीमा समानस्तरमा अनुवाद गर्दै प्रकाशनमा ल्याइने प्राज्ञ कुर्मीले जानकारी दिइन्।
पहिलो चरणमा छानिएका नेपाली कृतिमा तारानाथ शर्माको ‘बेलायततिर बरालिंदा’, दौलतविक्रम विष्टको ‘चपाइएका अनुहार’, भीष्म उप्रेतीको ‘हिमाल, शेर्पा र यति’, बाबुराम आचार्यको ‘नेपालको संक्षिप्त वृत्तान्त’, डा. हर्क गुरुङको ‘मैंले देखेको नेपाल’ र ध्रुवचन्द्र गौतमको ‘अलिखित’ छन्।
यसैगरी, डा.राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’, सरुभक्तको ‘चुली’, सुलोचना मानन्धरको ‘जीवनबाट जीवन सिकौं’, सत्यमोहन जोशीको ‘कलाकार अरनिको’, मन्जुलको ‘जाने होइन दाइ आलापोट’, जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’ र डोरबहादुर विष्टको ‘सबै जातको फूलबारी’ रहेका छन्।
प्राज्ञ कुर्मीका अनुसार, यो योजनाअन्तर्गत एक वर्षमा पाँच वटा कृति अनुवाद गरेर दुवै भाषामा आउने गरी सहमति जुटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
