प्रतिनिधिसभाका १६५ क्षेत्रकै नतिजा सार्वजनिक, कुन दलले कति सिट जिते?

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ सिट जित्दै कांग्रेस पहिलो दल बनेकाे छ। दाेस्राे भएकाे एमालेले ४४ सिट जितेकाे छ। 

काठमाडाैँ– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ। सोमबार दोलखाको मतगणना सकिएसँगै सबै क्षेत्रको नतिजा आएको हो। 

मंसिर ४ गते देशभर एकैचरणमा निर्वाचन भएकाे थियाे। दाेलखा र बाजुराका केही केन्द्रमा भने धाँधली भएकाे पाइएपछि पुन:मतदान भएकाे थियाे। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ स्थानमा जित्दै कांग्रेस पहिलो दल बनेकाे छ। दाेस्राे भएकाे एमालेले ४४ सिट जितेकाे छ। 

माओवादी केन्द्रले १८, एकीकृत समाजवादी पार्टीले १०, जनता समावादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान ७–७ सिट जितेका छन्। 

यसैगरी लाेकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३ तथा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। 

याे निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लाेसपा र जनमाेर्चा गठबन्धन गरेर लडेका थिए। यस्तै एमालेले राप्रपा, जसपा र राप्रपा नेपालसँग गठबन्धन गरेकाे थियाे।