आईसीसी यू१९ पुरुष विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।
काठमाडौँ– सन् २०२६ मा हुने आईसीसी यू१९ पुरुष विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ।
शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमा पोस्ट गर्दै विश्वकपको एशिया छनोट २०२५ नेपालले आयोजना गर्ने जानकारी दियो।
नेपालले पहिलो पटक विश्वकपको एशिया क्षेत्र छनोट आयोजना गर्न लागेको हो। एशिया छनोट प्रतियोगिता आगामी अप्रिल १३ देखि २१ सम्म चल्ने छ।
एशिया छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी हुनेछन्।
एशिया क्षेत्र छनोटमा विजयी टोली सन् २०२६ मा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
