चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ।
तनहुँ– पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ। वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो। विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ।
गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका–२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिए। पछिल्लो आठ वर्षको तथ्यांकअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदै छ।
२०७९ भदौमा व्यास नगरपालिका–११ राति डिल्लीमाया गुरुङ र शंकर गुरुङलाई घरको पिँढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा शंकरको ज्यान गयो। सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङको घरको आँगनमा खेलिरहेको बेला आक्रमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिए।
सोही वर्षको कात्तिक १५ गते व्यास–१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर–१ का भीमलाल गरौजा पिँढीमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते भएका थिए। घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए। साथै २०७८ असोजमा बन्दीपुर–५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो।
डिभिजन वन कार्यालयको तथ्यांकअनुसार विसं २०७७ साउनमा शुक्लागण्डकी नगरपालिका–२ का नारन राना, २०७६ माघमा बन्दीपुर–४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो।
सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका–२ का ऋतिक रोका, असोजमा भानु–१ का कुशल बानियाँ, जेठमा भानु–२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मंसिरमा भानु–२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु–४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु–२ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो।
विसं २०७९ असारमा बन्दीपुर–१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चितुवाको आक्रमणबाट घाइते भएका थिए। विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताए।
“करिब आठ वर्षयत चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्यांकमा उल्लेख छ। भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ,” उनले भने।
सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास–८ का गोरे विकले भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते भएका थिए। भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ। “कानूनी रूपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ। वन्यजन्तुको वासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो,” उनले भने।
वन्यजन्तुका लागि वनजंगलमा पर्याप्त आहार नहुनु र वासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ। यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उनले बताए।
चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ।
“विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो। उक्त समयमा भानुका जंगलमा चितुवाबाहेक अन्य वन्यजन्तु देखिएका थिएनन्। आहार, वासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्,” सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भने। विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उनले जानकारी दिए।
वनजंगलनजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताए। यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उनले जोड दिए।
“वन्यजन्तुको आहार, पानी, वासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
