लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्रमा आगलागीपछि १०० अग्नि नियन्त्रक परिचालित

लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्रमा लागेको आगो नियन्त्रणका लागि १५ वटा दमकलसहित करिब १०० अग्नि नियन्त्रक परिचालन गरिएको छ।

लन्डनको ऐतिहासिक सांस्कृतिक केन्द्र (समरसेट हाउस)मा शनिबार आगलागी भएको छ। आगो नियन्त्रणका लागि करिब १०० अग्नि नियन्त्रक परिचालन गरिएको छ।

“समरसेट हाउसमा भएको आगलागी नियन्त्रणका लागि १५ वटा दमकल र करिब १०० जना अग्नि नियन्त्रक पठाइएको छ,” लन्डन फायर ब्रिगेडले भनेको छ।

अग्नि नियन्त्रकहरूले भवनको छतको केही भागमा लागेको आगो नियन्त्रणको प्रयास गरिरहेको लन्डन फायर ब्रिगेडले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीमा उल्लेख छ। 

मध्य लन्डनबाट लिइएका अन्य फुटेजमा टेम्स नदीको किनारमा करिब १८० मिटरसम्म फैलिएको उक्त भवनमाथि धुवाँको बाक्लो मुस्लो उठिरहेको देखिन्छ।

सन् १७९६ मा खोलिएको पुनर्जागरण भवनको आधिकारिक एक्स अकाउन्टमा भनिएको छ, “समरसेट हाउसको एउटा सानो भागमा आगो लागेका कारण उक्त स्थलमा आवतजावत बन्द गरिएको छ।” समरसेट हाउसले सबै कर्मचारी र सर्वसाधारण सुरक्षित रहेको जनाएको छ।