शनिबार राति इप्सविचको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई जिताउन डियगो जोटा र मोहम्मद सलाहले गोल गरे।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा लिभरपुल र आर्सनलले विजयी शुरूआत गरेका छन्।
लिगको नयाँ सिजनको आफ्नो पहिलो खेलमा लिभरपुलले इप्सविच टाउनलाई २-० ले पराजित गरेको हो ।
शनिबार राति इप्सविचको मैदानमा भएको खेलमा पाहुना टोलीलाई जिताउन डियगो जोटा र मोहम्मद सलाहले गोल गरे। जोटाले ६०औँ तथा सलाहले ६५औँ मिनेटमा गोल गरेका थिए।

यसैगरी, अर्को खेलमा आर्सनलले वुल्भसलाई २–० गोलअन्तरले नै पराजित गरेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा काई हाभार्ट्जले २५औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। ७४औँ मिनेटमा बुकायो साकाले गोल गर्दै सहज जित दिलाए। आइतबार राति साबिक विजेता म्यानचेस्टर सिटी र चेल्सीबीच खेल हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
