दक्षिणी लेबनानमा इजरायली आक्रमण: १० सिरियालीको मृत्यु

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिक रहेका छन्। 

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा परी १० सिरियालीको मृत्यु भएको छ। 

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणको पुष्टि गरेको छ। अधिकारीहरूका अनुसार मृत्यु हुनेमा सिरियाली शरणार्थी तथा श्रमिक रहेका छन्। 

लेबनानको हेजबुल्लाहको हतियार भण्डारण केन्द्रमा रातभर आक्रमण गरिएको इजरायली सेनाले आफ्नो टेलिग्राम च्यानलमार्फत जानकारी दिएको छ। उक्त क्षेत्र इजरायलबाट करिब १२ किलोमिटर टाढा छ। आक्रमणमा अन्य पाँच जना घाइते भएका छन्।

अन्तर्राष्ट्रिय मध्यस्थताकर्ताले इजरायल र प्यालेस्टिनी हमास लडाकूबीच गाजा युद्ध विराममा पुग्ने प्रयास गरिरहेका छन्। वार्ताले युद्ध रोक्नका लागि मद्दत गर्ने विश्वास कूटनीतिज्ञले लिएका छन्।