पहिरोले छिन्चु–जाजरकोट सडक अवरुद्ध

छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२, काडला पहाडबाट तल्लु बगरसम्मको सडक अवरुद्ध भएको हो।

सांकेतिक तस्वीर।

काँक्रेविहार– भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक पहिरोले अवरुद्ध भएको छ। शुक्रबार बेलुकादेखि परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३, कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२, कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो। भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले  सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२, काडला पहाडबाट तल्लु बगरसम्मको सडक अवरुद्ध भएको हो।

केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध प्रहरी प्रमुख पाण्डेले जानकारी दिए । 

पर्याप्त उपकारण अभावमा सबैतिर समयमै बाटो खुलाउन नसकिएको प्रहरीले जनाएको छ। आइतबार बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ।