तोलामा १ लाख ५२ हजार ६०० पुग्यो सुनको मूल्य

छापावाल सुन शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ थियो। एकैदिन ३ हजार रुपैयाँले बढेर उच्च मूल्यको रेकर्ड बनाएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन १ लाख ५२ हजार ६०० पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको थियो। एकैदिन ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार ७६० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ८१० रुपैयाँ कायम भएको छ।