वीरगन्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ।
वीरगन्ज– वीरगन्ज महानगरपालिका–२ छपकैयाका राजु श्रीवास्तवले दुई दशक अघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा–राखी) बेच्ने गर्थे। हातले विशेष खालको फोममा धागोको सहायताले रक्षाबन्धन तयार पार्थे। समय बितेसँगै अहिले उनको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ।
बजारमा आउने थरीथरीका रंगीचंगी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छाडेको उनले बताए। “पहिला हातले आफैँ राखी बनाएर बेच्थ्यौँ,” उनले भने, “हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गर्थ्यौं।”
बजारमा आउने कलात्मक र रंगीचंगी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको उनको गुनासो छ। अहिले श्रीवास्तव आफै नेपाल–भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगन्जको गहवामाई मन्दिर प्रांगणमा बिक्री वितरण गर्दै आइरहेका छन्।
यस वर्ष रक्षाबन्धन पर्व भदौ ३ गते परेको छ। यो वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ। “अहिले मधेशका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्,” उनले भने, “दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र?”
श्रीवास्तव जस्तै वीरगन्जको माईस्थानमा मौसमी रुपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहेका नन्दु साह पनि राखीको व्यापार घटेको बताउँछन्। “पहिला दिनकै १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो,” उनले विगत स्मरण गर्दै भने, “अहिलेदुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो।”
साहका अनुसार नेपाल–भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगञ्जबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ। “अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ,” उनले भने, “अर्काेतर्फ वीरगन्जको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो।”
यस वर्ष ५० हजार रुपैयाँ खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गरिरहेको उनले सुनाए। वीरगन्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ।
वीरगन्ज महानगरपालिका–६ गहवामाईका राज सिंह पनि राखीको पर्याप्त व्यापार नभएकामा दुखी छन्। “पहिला जस्तो राखी किन्ने मान्छेको उत्साह खासै देखिएको छैन,” उनले भने, “आज दिनभर र भोलि अपराह्न २ बजेसम्मको अवधिमा राखी बिक्री हुने आशा गरेका छौँ।” वीरगन्ज आसपासको बजारमा अहिले रु पाँचदेखि रु दुई सय ५० मूल्य पर्ने राखी बजारमा उपलब्ध रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
