बागमतीको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्।

हेटौँडा– बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्। 

मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम काफ्लेलाई नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए। 

२५ वर्षदेखि निरन्तर कानुन व्यवसायीका रूपमा कार्यरत उनले यसअघि पूर्वकानून तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन्।