कलकत्तामा महिला सहकर्मीको हत्या र यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकले आरजी कर मेडिकल कलेज एन्ड हस्पिटलमा प्रदर्शन जारी राखेका छन्।
भारतको पश्चिम बंगाल राज्यको कलकत्तामा अगस्ट ९ मा महिला सहकर्मीको हत्या र यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकले आरजी कर मेडिकल कलेज एन्ड हस्पिटलमा प्रदर्शन जारी राखेका छन्।
चिकित्सकहरूको आन्दोलनको प्रभाव देशका अन्य स्थानमा पनि परेको छ। चिकित्सकले तेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै शहरमा विरोध प्रदर्शन गरेका छन्। कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मामिलालाई राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्युरोमा स्थानान्तरण गरिएको छ।
कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका हुन्। चिकित्साहरूका संगठनले देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन्।
अगस्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो। अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाइ फायर र टियर ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।
कानूनी व्यवस्था कायम राख्न कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुने गरी संविधानको धारा १६३ लागू गरेको छ।
जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनका लागि भारतीय नागरिक सुरक्षा संहिता (सन् २०२३ पहिले सीआरपीसीको धारा १४४) को धारा १६३ लागू गरिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
