काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा बालुवाटार र सिंहदरबारबीच समन्वयकारी भूमिकामा रहेको आरोपमा पक्राउ परेका बेचन झालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
संगठित अपराध, राज्यविरुद्धको अपराध, किर्ते सहितका अभियोगमा डेढ महिनाअघि पक्राउ परेका झालाई थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार आदेश दिएको हो।
उनले अदालतमा इन्कारी बयान दिँदै आएका थिए। शरणार्थी प्रकरणकै अर्का प्रतिवादी रामशरण केसीबाट दुई करोड रुपैयाँको चेक लिएको सार्वजनिक भए पनि उनले यसबारे आफू बेखबर रहेको बताएका थिए। ‘पोलिग्राफ टेस्ट’ गर्नसमेत सहमति नदिएको र उनीसँग रहेका दुई वटा मोबाइलको डिजिटल परीक्षण रिपोर्टसमेत नआएकै अवस्थामा प्रहरीले यो साता झाको मुद्दा अदालतमा पुर्याएको थियो।
तत्कालीन गृहसचिव टेकनारायण पाण्डे (हाल भद्रगोल जेल)ले आफ्ना अदालती बयानमा बेचन झाको उच्चस्तरीय संलग्नता र समन्वयका बारेमा बताएपछि झाको खोजबिनमा प्रहरी प्रशासन एक वर्षयता सक्रिय रहँदै आएको थियो।
पाण्डेले “विगतदेखिको गतिविधि र हाम्रो कार्यकालमा यस विषयमा सम्पर्कमा आएका व्यक्तिहरूको कनेक्सन हेर्दा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाका रूपमा विकास गरेको देखिन्छ। मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ” भन्दै झाको संलग्नताबारे बताएका थिए।
पर्साको वीरगन्जबाट नेपाली नागरिकता लिएका झासँग भारत, बिहारको मधुवनीबाट लिएको मतदाता ‘कार्ड’ पनि पाइएको छ। प्रहरीले यसबारेमा पनि थप अनुसन्धान अघि बढाइएको जनाएको छ।
यो पनि :
बेचन झासँग नेपाल र भारतको दोहोरो मतदाता परिचयपत्र
बेचन झा जसले मन्त्रिपरिषद्लाई नै हात लिएर नक्कली शरणार्थी गिरोहको पक्षमा निर्णय गराए
नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिले दबाइएका तथ्यहरू अब खुल्लान्?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
