साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।
काठमाडौँ– साफ यू२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी भएको छ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो। खेलको २४औँ मिनेटमा नीराजन धामीले गरेको गोल नै नेपालको जितका लागि निर्णायक रह्यो।
नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगस्टमा बांग्लादेशसँग खेल्नेछ। त्यसअघि बांग्लादेश र श्रीलंकाबीच खेल हुनेछ। श्रीलंका बांग्लादेशसँग पराजित भएमा नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ।
प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एशियाली सहयोग संगठन (सार्क)मा आबद्ध ६ देश सहभागी छन्। ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
प्रतियोगिताका सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भए पनि एएफसी च्यालेन्ज कप प्लेअफअन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको हुनाले खेलहरू एन्फा कम्प्लेक्समा गरिएको हो ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
