विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको सरोकारवालाहरूको टिप्पणी छ।
काठमाडौँ– नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा रहेको हिमाली बौद्ध शिक्षा मौलिकता जोगाउने चुनौतीमा परेको भन्दै बौद्ध अध्येता, अभ्यासी तथा विश्वविद्यालयका प्राध्यापकहरूले चिन्ता प्रकट गरेका छन्।
‘नेपालमा हिमाली बौद्ध शिक्षाः सम्भावना र चुनौती’ विषयमाथि आइतबार भएको एक अन्तक्र्रियामा बौद्ध शिक्षाका सरोकारवालाहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। सरकारको उपेक्षा, राज्यका निकायलाई नै यथार्थ जानकारीको अभाव एवं आध्यात्मिक र आधुनिक शिक्षाबीच समन्वय गर्नुपर्ने बाध्यताका कारण हिमाली बौद्ध शिक्षामा चुनौती थपिएको उनीहरूको भनाइ थियो।
नेपाल समाज मिडियाले आयोजना गरेको अन्तक्र्रियामा हिमाली बौद्ध सम्पदाका ज्ञाता एवं लुम्बिनी कलेज अफ बुद्धिज्म एन्ड हिमालयन स्टडिजका कार्यकारी अध्यक्ष डा. रमेश ढुंगेलले विश्वविद्यालयका प्राज्ञ र राज्यको नीतिनिर्माण तहमै हिमाली बौद्ध शिक्षाको इतिहास र महत्वबारे ज्ञान नहुँदा राष्ट्रको प्राचीन सम्पदा उपेक्षित अवस्थामा पुगेको बताए।
नेपाल बौद्ध महासंघका संस्थापक अध्यक्ष खेन्पो ग्युर्मे छुल्ट्रिमले राज्यको दबाबमा आधुनिक शिक्षालाई जोड दिँदै जाँदा गोन्पामा परम्परादेखि निरन्तर पुस्तान्तरण हुँदै आएको गहन ज्ञान र अभ्यासमा आधारित मौलिक विद्या परम्परा कमजोर हुने आशंका व्यक्त गरे। महासंघका उपाध्यक्ष गेसे थुप्तेन जिन्पाले बौद्ध शिक्षा जीविकोपार्जनको माध्यम नभई जीवन ज्युने पद्धति हो भनेर बुझ्नुपर्ने धारणा राखे।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. हृदयरत्न वज्राचार्य, बौद्धविज्ञ एवं अध्येताहरू खेन्पो पेमा ओसेल, लोचावा पुण्यप्रसाद पराजुली, आचार्य नोर्बु शेर्पा, आचार्य टीका शेर्पा, मोहनकुमार तामाङ, मिलन शाक्य, काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामा लगायतले हिमाली बौद्ध शिक्षाको आध्यात्मिक मर्म र गहनता खलबलिन नहुनेमा जोड दिए। विश्वविद्यालयहरूले पनि बौद्ध शिक्षाको नाममा सतही ज्ञानलाई प्रोत्साहन गरिरहेको भन्दै उनीहरूले असन्तुष्टि जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
