ताेलाकाे ९९ हजार नाै सय पुग्याे सुन

सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले बढेर ९९ हजार नौ सय रुपैयाँ पुगेकाे छ।

काठमाडाैँ– सुनचाँदी बजारमा साेमबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ।

आइतबार प्रतितोला ९९ हजार पाँच सयमा कारोबार भएको सुन प्रतितोला ९९ हजार नौ सय पुगेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार चार सय छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य ताेलाकाे १५ रुपैयाँले बढेर एक हजार ३८५ पुगेको महासङ्घले जनाएको छ।