अदालतले चिनियाँ फुटबल संघका पूर्वउपाध्यक्षलाई एक लाख ४० हजार अमेरिकी डलर जरिबाना पनि निर्धारण गरेको छ। साथै, भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ।
चीनको एक अदालतले फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ। चिनियाँ फुटबल संघ (सीएफए)का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको हो।
अदालतले उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिबाना निर्धारण गरेको छ। साथै, भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने जनाएको छ।
सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए।
लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षका रूपमा काम गरेका थिए। त्यसअघि उनी साङ्घाईको खेलकुद प्रशासनको प्रमुख थिए।
राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन्।
सीले आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेल जगत्लाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहेका छन्।
तर त्यो महत्त्वाकांक्षा पटक–पटकका भ्रष्टाचार प्रकरण र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा झन् टाढा देखिन्छ।
गत मार्चमा सीएफएका पूर्वप्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घूस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो।
सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक तथा एभर्टनका पूर्वमिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घूस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकार गरेका थिए।
गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’का पूर्वनिर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो। यसरी हेर्दा, हालैका महिनामा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
