नेपालगन्ज म्याराथनका क्रममा दुईदिने नेपालगन्ज कन्क्लेभ र एक्स्पो आयोजना गरिने क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीको भनाइ छ।
बाँके– नेपालगन्ज म्याराथनको १०औँ संस्करण मंसिर २२ गते आयोजना हुने भएको छ।
हरेक वर्ष मंसिर ५ मा हुँदै आएको म्याराथन यसपालि राष्ट्रिय खेलकुद प्रतियोगिताको तालिकासँग जुधेका कारण मंसिर २२ गते आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्यान्ड्सले जनाएको छ।
सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको मिति २०६३ मंसिर ५ लाई स्मरण गरेर यो म्याराथन आयोजना हुँदै आएको छ।
प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किलोमिटर), महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), ५ किलोमिटर दूरीको विद्यालयस्तरीय छात्र र छात्रा दौडलगायत समावेश गरिएको छ। म्याराथनका लागि भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला भइसकेको आयोजकले जनाएको छ।
म्याराथनका क्रममा दुईदिने नेपालगन्ज कन्क्लेभ र एक्स्पो आयोजना गरिने आयोजक क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
