थुनिएको नदी एक्कासि खुलेमा पाँचपोखरी र इन्द्रावती गाउँपालिकाका साथै मेलम्ची नगरपालिकाका बासिन्दा प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ।
काठमाडौँ– सिन्धुपाल्चोक प्रशासनले सुख्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। पाँचपोखरी थाङपाल गाउँपालिका तिपेटीमा आएको सुक्खा पहिरो खस्दा इन्द्रावती नदी अंशिक थुनिएको हो।
सुख्खा पहिरोको कारण इन्द्रावती नदीको बहावमा अवरोध भइरहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए। थुनिएको नदी एक्कासि खुलेमा पाँचपोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न वडाका बासिन्दा प्रभावित हुन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ।
प्रशासनले पाँचपोखरी गाउँपालिका वडा नं ७ र ८ का बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। त्यस्तै, मेलम्ची नगरपालिका वडा नं ७, ९, ११, १२ र १३ का बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। इन्द्रावती गाउँपालिका वडा नं १०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
