सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोक– सुक्खा पहिरोका कारण खोपासी–च्याम्राङबेंसी सडकअन्तर्गत पार्थलीमा सडक अवरुद्ध भएको छ।
बेथानचोक गाउँपालिका–४ पार्थली भन्ज्याङनजिक सोमबार दिउँसो पहिरो जाँदा करिब ५० मिटर पुरिएर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए।
सडकखण्ड अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाका स्थानीयलाई आवतजावतमा समस्या भएको उनले बताए।
सडक सञ्चालनका लागि प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए। उनले सडक माथिबाट सुक्खा पहिरोसहित ढुंगा झरेकाले उपकरणको सहयोगमा पहिरो पन्छाउन थालिएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
