विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।
काठमाडौँ– विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाबाट निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकबाट विधेयक सर्वसम्मतिले पारित भएको हो।
विधेयकमा थारू/रानाथारू समुदायको जनसंख्याको अनुपातमा १७.८२ प्रतिशत समावेशी कोटा निर्धारण गर्न नभएको भन्दै विरोध भइरहेका बेला सभामुख भीमबहादुर भण्डारीले ध्वनि मतका आधारमा विधेयक पारित भएको घोषणा गरेका हुन्।
नागरिक उन्मुक्ति पार्टीका र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य गीता चौधरीले विरोध जनाएका थिए। समावेशी आरक्षण कोटा निर्धारणको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले रोस्टम घेराउ गरेका थिए। यद्यपि, उनीहरूको विरोधका बाबजुद सभामुख भण्डारीले ‘हुन्न’ भन्ने आवाज नसुनिएको भन्दै सर्वसम्मतले विधेयक पारित भएको घोषणा गरे।
थारू/रानाथारू समुदायले समावेशी कोटा जनसंख्याको अनुपातमा निर्धारण हुनुपर्ने मागसहित सडक र सदनमा विरोध भएको थियो। दुवै समुदायका व्यक्तिले प्रदेशसभाको प्रवेशद्वारमा धर्ना दिएर विरोध जनाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
