गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट हमासले बन्धक बनाएकामध्ये थप ६ जनाको शव बरामद गरेको इजरायली सेनाले जनाएको छ।
गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ बन्धकको शव बरामद गरेको मंगलबार इजरायली सेनाले जनाएको छ। इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीका क्रममा हमासले बन्धक बनाएकामध्ये ६ जनाको शव बरामद गरिएको जनाएको हो।
बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए। अब्राहम मुन्डरलाई मंगलबार बिहान मृत घोषणा गरिएको हो।
गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकका परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ। शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइ सकिएको ‘होस्टेज एन्ड मिसिङ फेमिलिज फोरम’ले विज्ञप्तिमार्फत जनाएको छ। फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ।
यसै क्रममा इजरायली सरकारलाई मध्यस्थकर्ताको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्नसमेत सुझाव दिएको छ। इजिप्ट, कतार, अमेरिकालगायतका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको बदलामा बाँकी बन्धकको सुरक्षित रिहाइमा मद्दत गर्न युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन्।
मंगलबार बरामद गरिएका ६ वटा शवहरूमध्ये मेट्जर, पेरी र डान्सिग पनि गाजा नजिकैको समुदाय निर–ओजका थिए। यो हमासको आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो। प्यालेस्टिनी इस्लामिक कट्टरपन्थी समूहले मुन्दर, उनकी श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए। परिवारका अन्य सदस्यहरू नोभेम्बरको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा भएका थिए भने उनका छोरा आक्रमणकै दिन मारिएका थिए।
इजरायली आधिकारिक तथ्यांकअनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो। त्यसै क्रममा बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजामा बन्धक अवस्थामा रहेको र तीमध्येका ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ।
इजरायलको जवाफी अभियानले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
