निर्वाचनको मत परिणाम आएसँगै गठन हुने प्रतिनिधि तथा प्रदेशसभा संसदले राष्ट्रपति र उपराष्ट्रपतिलगायत झण्डै ३ दर्जन पदाधिकारी निर्वाचित गर्नेछ।
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मत परिणाम आइसकेको छ। अब समानुपातिकतर्फको मत परिणाम मात्रै आउन बाँकी छ।
प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र ५ जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन्।
त्यस्तै प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस प्रत्यक्षतर्फ १११, नेकपा एमाले ९१, नेकपा (माओवादी केन्द्र) ५३, नेकपा (एकीकृत समाजवादी) १५, जनता समाजवादी पार्टी १०, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९, नागरिक उन्मुक्ति पार्टी ५, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी ७, हाम्रो पार्टी नेपाल १ र १२ जना स्वतन्त्र उम्मेदवारले जितेका छन्।
समानुपातिकतर्फ भने नेकपा एमाले हालसम्म पहिलो स्थानमा छ भने दोस्रोमा नेपाली कांग्रेस, त्यसपछि क्रमशः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) रहेका छन्। निर्वाचनको सम्पूर्ण नतिजा नसकिँदै भावी सरकारको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता बढेको छ।
निर्वाचनको परिणामअनुसार कुनैपनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ। जसकारण पनि नयाँ सरकारको नेतृत्वको चासो र चिन्ता आम नागरिकमा उत्तिकै बढेको छ। साथसाथै राष्ट्रपति/उपराष्ट्रपति को बन्ला भन्ने चासो आम मानिसमा छ।
५ वर्षका लागि चुनिने राष्ट्रपति र उपराष्ट्रपति को-को बन्लान् भन्ने स्वाभाविक कौतुहलता पनि आम जनमानसमा देखिएको छ। यस्तोमा राष्ट्रपति र उपराष्ट्रपति कसरी चुनिन्छन् भन्ने विषय पनि चासोका रूपमा अगाडि आउँछ।
राष्ट्रपतिको निर्वाचन हुनका लागि पहिले त प्रत्यक्ष समानुपातिकको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ। त्यसपछि बहुमत बनाएर कुनै एक दलको नेतृत्वमा सरकार गठन हुन्छ।
सरकार गठन भइसकेपछि संघीय संसद्को बैठक बसेको १५ दिनमा सभामुख र उपसभामुख चुन्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरू हुने व्यवस्था छ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि भने प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य र प्रदेशसभा सदस्यहरू मतदाता हुनेछन्। तर संघीय सांसदहरूले दिएको १ भोट बराबर ७९ र प्रदेशसभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुने बताउँछन् निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल।
उनले राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानूनले योग्य ठहरिएको व्यक्ति हुनुपर्ने बताए। उनले प्रदेशसभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधिसभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशत भन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्ने बताए।
सहायक प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा राष्ट्रपतिका लागि इच्छुक सबैले उम्मेदवारी दिन पाएपनि पहिलो चरणबाट निर्वाचित हुन नसकेको खण्डमा दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेको उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गराइने बताए। पहिलो चरणमा प्रतिस्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिस्पर्धाबाट बाहिरिने बताए।
अर्यालले दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्कोपटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको बताए। उनले राष्ट्रपति र उपराष्ट्रपति चुन्दा फरक लिंग वा फरक समुदायको हुनुपर्ने भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै चरणमा गर्न नसकिने स्पष्ट पारे।
सहायक प्रवक्ता अर्यालले राष्ट्रपति र उपराष्ट्रपतिका लागि संघीय संसद्को सांसद हुने योग्यता पुगेको व्यक्ति हुनुपर्ने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपतिका लागि सांसद हुनुनपर्ने तर ४५ वर्ष उमेर पुगेको, कानूनले योग्य व्यक्ति, फरक लिंग वा फरक समुदायको हुनुपर्ने बताए। दुईपटक भन्दा बढी राष्ट्रपति भएको व्यक्ति भने तेस्रोपटक राष्ट्रपति बन्न नपाउने व्यवस्था रहेको उनले बताए।
निर्वाचनपछि आउने नयाँ सांसद र प्रदेशसभाबाट केही महिनाभित्र राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहितका झण्डै ३ दर्जन पदाधिकारी निर्वाचित हुँदैछन्।
३४ जना नयाँ पदाधिकारी आउने भएपछि यतिबेला दलहरूबीच सत्ता समीकरणका लागि उक्त पदमा बाँडफाँट हुँदैछ। संविधानले संघीय संसद् गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।
राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुने संवैधानिक व्यवस्था छ।
संविधानको धारा ६२ को उपधारा ३ ले निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति अर्थात् मतदानमा कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था गरेको छ।
निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी २७५ तथा राष्ट्रियसभाका ५९ सहित ३३४ सांसद र प्रदेशसभाका ५५० सांसद गरी कुल ८८४ सांसद राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेछन्।
राष्ट्रपति तथा उप-राष्ट्रपति निर्वाचन प्रक्रियाः
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
