जेठ २८ गतेयता बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्याएको छ।
काठमाडौँ– अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी दिउँसोसम्म १९३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेशमा आठ, बागमतीमा ३४, गण्डकीमा ५६, लुम्बिनीमा ३७, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ गरी १९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकामा ११, कोशीमा ३८, मधेशमा १२, बागमतीमा २४, गण्डकीमा ४७, लुम्बिनीमा १८, कर्णालीमा ५७ र सुदूरपश्चिममा ३४ गरी २४१ जना घाइते भएका छन्।
बाढी, पहिरोका कारण काठमाडौँ उपत्यकामा २८, कोशीमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चिममा पाँच गरी ११४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए।
यसैगरी, कोशीमा दुई, मधेशमा एक, बागमतीमा ४१, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा १४९ जना वेपत्ता भएका छन् ।
बाढीको कारण ३८४ घर डुबानमा परेका छन्। बाढी पहिरोले ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।
विपद्मा परी ८७० वटा पशु चौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ८४२ घर परिवार विस्थापित भएको प्रवक्ता कार्कीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
