ड्रागनफ्रुटको खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ।
फिक्कल– पछिल्लो समय इलाममा किसानको ‘ड्रागनफ्रुट’ खेतीप्रति आकर्षण बढ्दै गएको छ। मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरू व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका छन्।
जिल्लाको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन्। एक बिघामा लगाइएका तीन हजार बिरुवाबाट उनले फलेका फल बेचेर आठ लाख र बिरुवा बिक्रीबाट चार लाख आम्दानी गरेका हुन्। “गत वर्षसम्म फल र बिरुवाबाट १२ लाख आम्दानी गरेको थिएँ,” उनले भने, “यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु।”
तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी शुरू गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन्। ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या छैन। व्यापारीहरू बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन्।
“उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, फल किन्न झापाका व्यापारी बगानमा नै आउँछन्,” उनले भने, “बगानबाट प्रतिकलो २०० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।” बिरुवा भने गाउँपालिका, वडा कार्यालय, स्थानीय फार्म तथा किसानले नै खरिद गर्ने गरेका छन्। बिरुवा सरकारी मूल्यअनुसार प्रतिगोटा १०० रुपैयाँका दरले बिक्री हुने गरेको छ। शुरूमा परीक्षणका लागि केही बिरुवा रोपेका थिए। त्यसबाट राम्रो फल उत्पादन भएपछि फार्म दर्ता गरी व्यावसायिक रूपमा ड्रागनफ्रट खेती गरेका हुन्। अहिले लिम्बूको व्यावसायिक ड्रागनफ्रुट खेतीले पाँच जनाको परिवारलाई स्वरोजगार बनाएको छ। आगामी दिनमा खेती विस्तार गर्ने योजनामा रहेको उनले बताए।
राम्रो आम्दानी हुने भएपछि चुलाचुली गाउँपालिका–२ का अर्का किसान माइतराज लिम्बूले पनि व्यावसायिक ड्रागनफ्रुट खेती थालेका छन्। उनले ६ कट्ठा जमिन भाडामा लिएर ४०० बोट ड्रागनफ्रुट रोपेका छन्। सबै बोटबाट उत्पादन हुन थालेका छन्। “मैले ड्रागनफ्रुट खेतीबाट वार्षिक दुई लाख ५० हजार आम्दानी गर्दै आएको छु,” उनले भने, “अन्य परम्परागत खेतीको तुलनामा मेहनत कम र फाइदा पनि बढी हुने रहेछ।”
ड्रागनफ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा खेती विस्तार हुँदै आएको छ। फलेको ३०औँ दिनमा खानयोग्य हुन्छ। टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रने हुन्छ। वर्षमा ६ महिनासम्म निरन्तर फल्ने गर्छ। यसमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एकसाथ चलिरहन्छ। गर्मी समयको जेठ दोस्रो सातादेखि मंसिर दोस्रो सातासम्म मुख्य रूपमा फल दिने गर्छ। ड्रागनफ्रुटको बिरुवा रोपेको १६ वर्षसम्म उत्पादन लिन सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
