पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध  भएको छ। 

फाइल तस्वीर।

जुम्ला– अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सुर्खेत– जुम्ला सडक खण्डअन्तर्गत मंगलबार राति आएको अविरलले कालिकोटको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध  भएको हो। 

सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँ जाने सवारीसाधन बिच बाटोमा रोकिएपछि सयौँ यात्रुहरू अलपत्रमा परेका छन्। सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ।

वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।