वाकोटको विदुर नगरपालिका–५ कार्यालयले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गरिदिने योजना ल्याएको छ।
त्रिशूली– नुवाकोटको विदुर नगरपालिका–५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा पाँच हजार उपलब्ध गराउने भएको छ।
गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार दिएको वडाले चालु आवदेखि मृत्युदर्ता गर्दा पनि पाँच हजार दिन थालेको हो।
यो कार्यक्रम नगर सभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा रकम उपलब्ध गराउन शुरू गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए।
“बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले पाँच हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गरिदिन्छौँ। यो कार्यक्रम प्रभावकारी बन्यो,” उनले भने, “यस वर्षदेखि वडाका कोही व्यक्तिको निधनको ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई पाँच हजार राहत दिन लागिएको छ।”
बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले यस्तो योजना ल्याइएको वडाध्यक्ष न्यौपानेको भनाइ छ।
“विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई मृत्युपश्चात्का संस्कार गर्न गाह्रो छ। सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहतस्वरुप पाँच हजार प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएका हौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
