विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको हो।
झापा- भुटानमा तीन दशक थुनामा रहेर हालै बेलडाँगी शरणार्थी शिविरमा फर्किएका रामबहादुर राईलाई बाहिरी मुलुकमा रहेका शरणार्थी समुदायका तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको छ।
नेदरल्यान्डस्थित भुटानी राजबन्दी बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानले भुटानको चेम्गाङ केन्द्रीय कारागारमा ३१ वर्ष १० महिना जेलजीवन बिताएर फर्किएका राईलाई १ लाख ४० हजार रुपैयाँ सहयोग गरेको हो।
विदेश पुनर्वासमा गएका शरणार्थीबाट स्वेच्छाले संकलन गरिएको उक्त रकम झापाको दमकस्थित बेलडाँगी शिविरमा मंगलबार प्रदान गरिएको थियो।
अभियानका संयोजक राम कार्कीको पहलमा संकलित रकम शिविर सचिव सञ्चहाङ सुब्बाले राईलाई प्रदान गरे। यसअघि, अमेरिकाको पेनिलभेनियामा रहेका शरणार्थी समुदाय र अभियन्ता विश्वनाथ क्षेत्रीले १ लाख रुपैयाँ सहयोग गरेका थिए। क्षेत्री स्वयं भुटान विद्यार्थी संघका संस्थापक अध्यक्ष एवं तत्कालीन अवस्थाका बन्दी हुन्।
सन् १९९४ सम्म बेलडाँगीस्थित शिविरमै रहेका राई राजनीतिक पर्चा बोकेर भुटानको गेलेफु पुगेका बेला पक्राउ परेका थिए। त्यसपछि लगातार ३१ वर्ष १० महिना चेम्गाङ थुनामा परेर राई एक महिनाअघि शिविर आएका हुन्।
उनका दुई छोरा पुनर्वासमा विदेश गइसकेका छन्। श्रीमतीको निधन भइसकेको छ। शिविरमा छोरीज्वाईंका साथमा बस्न थालेका ६६ वर्षीय राईलाई टहरा उपलब्ध गराउन र भुटानमा अझै थुनामा रहेका ३५ भन्दा बढी राजबन्दीलाई विनासर्त थुनामुक्त गराउन अन्तर्राष्ट्रिय समुदायको थप पहल जरुरी रहेको शिविर सचिव सुब्बाले बताए।
राजबन्दी रिहा अभियानका संयोजक कार्कीले भुटान जेलमा रहेका सबै राजबन्दी सकुशल रिहा नभइन्जेलसम्म यो अभियान नरोकिने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
