हुम्लाको चंखेलीमा जिप दुर्घटना: ७ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो।

सिमकोट– हुम्लाको चंखेली गाउँपालिकामा बुधबार बिहान जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। त्यसमध्ये पाँचको अवस्था गम्भीर छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना भएको हो। 

गम्भीर घाइते हुनेमा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल छन्। बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चंखेली–२ का मायादेवी शाहीको अवस्था भने सामान्य रहेको चन्दले जानकारी दिए।  

गौरीसल्लाको घुम्तीमा मोड्ने क्रममा जिप सडकबाट १५० मिटर खसेको थियो।