सुनको मूल्यमा कीर्तिमान: तोलामा १ लाख ५३ हजार पुग्यो

मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुनले नेपालमा उच्च मूल्यको कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापवाला सुन प्रतितोला एक लाख ५३ हजार तोकिएको छ।  

मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रहेको छापावाल सुन ८०० रुपैयाँले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला एक हजार ८२० मा कारोबार भएको चाँदी एक हजार ८३५ निर्धारण भएको छ।