दाङमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।

दाङ– दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्ने क्रममा स्थानीय १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोख्रेलका अनुसार बिहान १० बजे दुवै जना इनारभित्र पसेका थिए। उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले विक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो। दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि बचाउन नसकिएको डीएसपी पोख्रेलले बताए।