नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बुधबार दिनभरको उतारचढावका बीच नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ को बिन्दुमा कायम भएको हो।

आज ३३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर दुई लाख १४ हजार ३१९ पटक खरिदबिक्री हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ ०.५९, विकास बैंक ०.७२, वित्त ४.९९, लगानी ०.१२ र अन्य समूह ०.१८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन १.०३, जलविद्युत् ०.७५, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.४१ र लघुवित्त ०.५४ प्रतिशतले घटेको छ। त्यसैगरी, म्युचुअल फन्ड ०.६४, निर्जीवन बीमा ०.६८ र व्यापार समूह २.०९ प्रतिशतले घटेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ६६ करोड दुई लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको शेयर संख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको १२ लाख ९४ हजार एक सय ३० कित्ता शेयर किनबेच भएको छ।