युक्रेनले मस्को क्षेत्रलक्षित गरी कम्तीमा ११ ड्रोन आक्रमण गरेको र यो संख्या अहिलेसम्मकै धेरै भएको रुसी अधिकारीहरूले बताएका छन्।
पछिल्लो समय रुसी जमिनमा घुसेर आक्रमण गरिरहेको युक्रेनले गएराति मस्कोमै ड्रोन आक्रमण गरेको छ। मस्को क्षेत्रलक्षित गरी कम्तीमा ११ ड्रोन आक्रमण गरेको र यो संख्या अहिलेसम्मकै धेरै भएको रुसी अधिकारीहरूले बताएका छन्।
रोयटर्सले रुसी रक्षा बलका अधिकारीको भनाइलाई उद्धृत गर्दै युक्रेनले मस्को क्षेत्रमा ११ ड्रोन नष्ट गरेको उल्लेख गरेको छ। रिपोर्टका अनुसार युक्रेनले रुसमा रातारात ४५ ड्रोन खसालेको छ। रुसको भूभागमा नष्ट गरिएका ४५ ड्रोनमध्ये ११ मस्कोमा, २३ वटा ब्रायान्स्कको सीमा क्षेत्रमा, ६ वटा बेल्गोरोड क्षेत्रमा, तीन वटा कालुगामा र दुई वटा कुर्स्क क्षेत्रमा नष्ट भएका त्यहाँका अधिकारीहरूले जनाएका छन्।
मस्कोका मेयर सर्गेई सोब्यानिनले पोडोल्स्क शहरमा केही ड्रोनहरू नष्ट भएको बताए। मस्कोमा गरिएका आक्रमणमध्ये यो अहिलेसम्मकै ठूलो प्रयास भएको उनको भनाइ छ। यस्तै, उनले मस्कोको सुरक्षा प्रणालीका कारण ड्रोन आक्रमणलाई सफलतापूर्वक विफल पार्न सकिएको र आक्रमणमा कोही पनि घाइते नभएको बताए।
रुसी सञ्चारमाध्यमले मस्को क्षेत्रमा बिहान सबेरै उडिरहेको ड्रोन र रुसी रक्षा बलहरूले तिनीहरूलाई ध्वस्त पारेपछि आगो बलेको फुटेज पनि देखाएको छ। एक मिडिया रिपोर्टका अनुसार ड्रोन आक्रमणका कारण मस्कोको भानुकोभा, डोमोडेडोभा र झुकोवस्की एयरपोर्टबाट उडान चार घण्टा प्रभावित भएको थियो।
रुस–युक्रेन युद्ध साढे दुई वर्षभन्दा बढी समयदेखि चलिरहेको छ। दुवै देश पछि हट्न तयार छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
