बाैद्धमा यसरी मनाइयो रोपाइँजात्रा (तस्वीरहरू)

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा सांस्कृतिक झाँकी, बाजागाजासहित काठमाडौँस्थित बौद्धमा मनाइएको छ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडाैँ– प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट हुने रोपाइँजात्रा काठमाडौँस्थित बौद्धमा मनाइएको छ। आफ्नो संस्कृति र परम्परा संरक्षणको लागि औपचारिक रूपमा मनाइने यस जात्रालाई बौद्ध क्षेत्रको मौलिक पर्वका रूपमा पनि लिइन्छ।

विशेष गरी नेवार समुदायले मनाउन शुरू गरेको रोपाइँजात्रा अहिले देशैभरका विभिन्न स्थामा मनाउने गरिन्छ। वर्षभरि बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको हो। 

सांस्कृतिक झाँकी, बाजागाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मका क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरी रोपाइँ जात्रा मनाएका छन्।