सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
काठमाडौँ– जारी साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो। यो जितसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन/तीन अंक जोडेका छन्। पराजित माल्दिभ्स भने अंकविहीन छ। यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो।
भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एकरएक गोल गरे। यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए। खेलमा पहिलो अग्रता भुटानले लियो। खेलको २२औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो। गोलकिपर तेन्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो। माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो। त्यसपछि खेलको ८९औँ मिनेटमा भुटानले पुनः अग्रता लियो। भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए। त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्तत भुटानको जित पक्का भयो।
उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बांग्लादेशबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो ३ बजेदेखि शुरूआत हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
