डुबान भएको बस्तीका १२६ जनामध्ये ११५ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कैलाली– वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढेपछि कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्ती डुबानमा परेको छ। बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई वडा कार्यालयमा स्थानान्तरण गरिएको छ।
डुबान भएको बस्तीका १२६ जनामध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पाँच परिवारका स्थानीयलाई भने सुरक्षित स्थानमा सारिएको हो।
स्थानीय आशिदेवी चौधरी, समली चौधरी, शीतलदेवी चौधरी, शान्ताराम चौधरी, टीकाराम चौधरी, रामजशनी चौधरी, रुनम चौधरी, साहिल चौधरी, सुरनी चौधरी र कोल्ला चौधरी स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
उक्त स्थानमा बीओपी खोनपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गान्धीपराज स्याङ्ताङको कमान्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमान्डमा सात जनाको टोली खटिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
