बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.०१ अंकले उकालो लागेर २९७४.४६ मा पुगेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने बढेको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.७५ अंकले उकालो लागेर ५३३.८६ मा पुगेको छ।
कुल चार करोड नौ लाख ५१ हजार ७२० कित्ता शेयर १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ मूल्यमा खरिदबिक्री भएको छ। नेप्सेका अनुसार तारागाउँ रिजेन्सी होटल, नारायणी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, एसबीएल डिवेन्चर १०, एनबीबीएल डिवेन्चर ३.९५, बोटलर्स नेपाल बालाजु ३.९२, राष्ट्रिय बीमा कम्पनी ३.७३ र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.७३ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
