सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।
काठमाडौँ– आयोजक नेपाल साफ यू२० च्याम्पियनसिपमा समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले बांग्लादेशलाई २–१ ले पराजित गर्दै समूह विजेता बनेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।
खेलको १७औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाएका थिए। नेपाली खेलाडीले क्लियर गरेको बललाई बांग्लादेशी गोलकिपर मोहदी हसन सर्बोनले गरेको गम्भीर गल्तीको फाइदा नेपालले लियो।
नेपाली खेलाडीले डिबक्सबाट क्लियर गरेको बल अगाडि आएर सहज क्लियर गर्नुपर्नेमा उक्त बलमा चुक्दा समिरले गोलरक्षकबाट खोस्दै सहज रूपमा गोलमा परिणत गरेका थिए।
दुई मिनेटपछि नै नीराजनले टोलीको अग्रता दोब्बर बनाए। उनले अविनाश स्याङ्ताङको क्रसलाई वान टचमै गोलमा परिणत गरेपछि नेपालले २० मिनेटभित्रै २–० को अग्रता बनाएको थियो।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा बांग्लादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।
दोस्रो हाफमा बांग्लादेशले बल पोसेसन बनाए पनि गोल गर्न भने सकेन, जसका कारण नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
