टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकको प्रयोगमार्फत विकृति बढेको भन्दै तत्कालीन सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो।

काठमाडौँ– नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानून बनाउन गत साउन २४ गते सञ्चार मन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो।

टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।