डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।
सुदूरपश्चिम– दुई दिनदेखिको वर्षाका कारण कैलालीमा एक हजार ५८ घरधुरी डुबानमा परेका छन्। तीमध्ये १९ घरधुरीका १०२ व्यक्ति विस्थापित भएका छन्।
प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जिल्लाको भजनी नगरपालिका–३, ४, ५, ८, ७ र ९ नं वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगंगा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको जानकारी दिए।
भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका छन्। विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन्। कैलारीका १० परिवालाई वडा कार्यालयमा र अन्यलाई सुरक्षित स्थानमा सारिएको छ।
डुबान प्रभावित परिवारले खानेपानीका लागि प्रयोग गर्दै आएको ट्युब वैल (हेन्ड पम्प)समेत डुबानमा परे खानेपानीको समस्या भएको छ। खानेपानीको समस्या समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा खानेपानी उपलब्ध गराउन लागिएको जिल्ला प्रशासनले जनाएको छ।
“डुबान क्षेत्रमा हेन्ड पम्पसमेत डुबेर खानेपानीको समस्या देखिएको छ,” प्रमुख जिल्ला अधिकारी मिश्रले भने, “विपद् व्यवस्थापन समितिको पहलमा प्रभावित क्षेत्रका बासिन्दालाई खानेपानी उपलब्ध गराउन शुरू गरेका छौँ।”
प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले बिहीबार डुबान प्रभावित क्षेत्रको वस्तुस्थिति र भइरहेको उद्धारको अनुगमन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीबाट डुबान प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाको उद्धार गरिरहेको छ।
डुबानको जोखिम अझै रहेकोले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। दुई दिनदेखिको वर्षासँगै जिल्लाको कटैनी, शिवगंगा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासका बस्तीमा डुबानमा परेको हो।
पानीको निकास हुन नपाउने गरी पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा सडक निर्माण गरिएका कारण बस्ती नै डुबानमा पर्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। उनीहरूले पानी निकास हुने गरी हुलाकी राजमार्गमा आवश्यक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्।
डुबानका कारण विस्थापित कतिपय स्थानीय बासिन्दाका लागि पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गतको सडकखण्ड सुरक्षित ‘सेल्टर’(वासस्थान)का रूपमा देखिएको छ। डुबान हुँदा अग्लो स्थानमा रहेको यो राजमार्गमा त्रिपालको टहरा बनाएर प्रभावित बस्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
