भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।
काठमाडौँ– भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर चार नेपाली कामदारको मृत्यु भएको छ।
अविरल वर्षाका कारण पहिरो गएको बताइएको छ। त्यहाँको राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का अनुसार रुद्रप्रयागको फाटा क्षेत्रमा बिहान साढे एक बजेतिर पहिरो गएको हो। एसडीआरएफ टोलीका निरीक्षक कर्ण सिंहले इन्डियन एक्सप्रेससँग भने, "पहिरोमा पुरिएका चार जनाको शव निकालेर स्थानीय प्रहरीलाई बुझाएका छाैँ। चारै जना नेपाली कामदार रहेका छन्।"
मृत्यु हुनेमा तुलबहादुर, पूर्ण नेपाली, किश्ना परिहार र चिकु बुरा रहेका छन्। चारै जना फाटाको पवन हंस हेलिप्याड नजिकैको शिविरमा बस्दै आएको र त्यहीँ पहिरो गएको जिल्ला प्रशासनले जनाएको छ। उनीहरूको नेपालको ठेगाना भने खुलेको छैन।
पश्चिम नेपालबाट मानिसहरू रोजगारीको लागि भारतको उत्तराखण्ड तथा हिमाञ्चल क्षेत्रमा जाने गर्छन्। उत्तराखण्ड राज्य आपतकालीन परिचालन केन्द्रको तथ्यांकअनुसार यस वर्षको जुन १५ देखि अत्याधिक वर्षाका कारण आएको प्रकोपका कारण अहिलेसम्म ६१ जनाले ज्यान गुमाएका छन्, ३५ जना घाइते भएका छन् र दुई जना बेपत्ता छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
