घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
काठमाडौँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको छ। १६ जना घाइतेको उद्धार गरिएको छ।

घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र उद्धार कार्य जारी रहेको थापाले जानकारी दिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेका छन्।
शुक्रबार बिहान पोखराबाट काठमाडौँका लागि छुटेको यूपी५३ एफटी ७६२३ नम्बरको बस खसेको हो। बस नदी किनारमा अड्किएको छ।
बसका कति यात्रु सवार थिए भन्ने खुलिनसकेको तनहुँ प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
