वैदेशिक रोजगारीप्रति आकर्षण, स्वदेशमा मिहिनेत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको स्रोत घुम्ती पशुपालन संकटमा परेको पूर्वप्रधानपञ्च विष्णुबहादुर थापा बताउँछन्।
म्याग्दी– बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउँदै लगेका छन्।
पूर्वी रूकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाए।
“पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथे। गाईभैँसी बेचेर सकिए। अहिले ४० वटा भेडाबाख्रा छन्,” विकले भने, “छोराछोरीले यो पेसा नरोजी विदेशतिर लागे। बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु।”
ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसी छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन्। “छोराछोरी विदेश र शहर पसेपछि हामी बूढाबूढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,” उनले भने, “घुम्ती गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो।”
करिब २० वर्षअघि बर्खामा गाईभैँसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टीकाधुरीलगायत ढोरपाटनका बुकीका खर्कहरू अहिले रित्ता हुँदै गएका थापाले बताए। खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन जस्तै ६० वर्षीय वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन्। युवा र वयस्क उमेरका गोठाला भेटिँदैनन्।
वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमा मिहिनेत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको प्रशस्त स्रोत घुम्ती पशुपालन पेसा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरि गाउँपालिका–७ ताकमका पूर्वप्रधानपञ्च विष्णुबहादुर थापाले बताए। ८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन्।
गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन थियो। बुकीमा चरेका पशुहरू निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापा बताउँछन्।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्ने चलन छ। अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुहरूसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झन्झट मान्न थालेका वृद्धहरूको भनाइ छ। पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुर्ख्यौली गोठाला पेसालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायतले जहाँ गए पनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेशभन्दा गोठनै राम्रो भएको अनुभव सुनाए।
“दुःख यहाँभन्दा विदेशमा धेरै हुन्छ,” उनले भने, “मलाई खाडीको तुलनामा बुकीमा भैँसी पाल्दा सजिलो लागेको छ।” २१ वटा भैँसी पारेका शक्तिबहादुरले घ्यु, राँगाभैँसी, छुर्पी बेचेर ६ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
