अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको तीन हप्तापछि त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।
अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको तीन हप्तापछि त्यहाँको प्रहरीले उनका श्रीमान् नरेश भट्टलाई पक्राउ गरेको छ।
स्थानीय सञ्चारमाध्यम न्युज सेभनले जनाएअनुसार नरेश भट्टलाई मनासस पार्कस्थित उनकै घरबाट बिहीबार पक्राउ गरिएको हो। नरेशलाई प्रहरीले पक्राउ गरेका तस्वीरहरू पनि सार्वजनिक भएका छन्।
ममताको मृत्यु भइसकेको आकलन गरिएको र उनका श्रीमान् नरेशले शव लुकाएर राखेको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस प्रहरीले जनाएको छ।
“ममताको मृत्यु भएको अनुमान गरिएको छ,” मनासास पार्कका प्रहरी प्रमुख मारियो लुगोले भने, “तर पनि अधिकारीहरूले उनको खोजीकार्य जारी राखेका छन् र फेला पार्ने आशा गरेका छन्।”
भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्ने २८ वर्षीया ममता अन्तिमपटक जुलाई २७ मा त्यहाँ देखिएकी थिइन्। जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ। तर उनका श्रीमानले भने आफूले ममतालाई अन्तिम पटक जुलाई ३१ मा देखेको प्रहरीसँग बताएका छन्।
ममता लगातार काममा नआएपछि उनका सहकर्मीहरूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीको टोली अगस्ट २ मा ममताको घरमा पुगेको थियो। त्यहाँ नरेश र उनकी १ वर्षीया छोरी मात्र थिए। उनले त्यतिबेला श्रीमती बेपत्ता भएकोबारे प्रहरीकोमा उजुरी दिन मानेका थिएनन्। त्यतिबेलादेखि नै प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान थालेको थियो।
बल्ल अगस्ट ५ मा आएर उनले श्रीमती बेपत्ता भएको भन्दै खोजी गरिदिन प्रहरीकोमा निवेदन दिए। त्यसपछि पनि उनले प्रहरीलाई सघाएनन्। गत बुधबार प्रहरीले 'सर्च वारन्ट' नै लिएर उनको घरमा खोजतलास गरे। त्यही दिन राति पत्रकार सम्मेलनको क्रममा, मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले धेरै सुराकहरू पछ्याएको र उक्त घटनासँग सम्बन्धित १० वटा खोजी वारेन्टहरू सञ्चालन गरेको जनाएका थिए। साथै उनले ममताका श्रीमानले प्रहरीलाई सहयोग नगरेको र स्वार्थी व्यक्तिका रूपमा पहिचान गरिएको पनि बताएका थिए।
प्रहरीले यस घटनामा गम्भीर ढंगले अनुसन्धान गरिरहेको जनाएको छ। भट्ट दम्पतीका छिमेकी, सहकर्मीलगायत सयौँको अन्तर्वार्ता पनि लिइसकेको छ। थप अनुसन्धानबाट नरेशमाथि थप मुद्दा चल्न सक्ने प्रहरीले जनाएको छ।
भट्ट दम्पतीको १ वर्षीया छोरीलाई भने प्रहरीले समाज सेवा विभागको रेखदेखमा छाडेको र उनी सकुशल रहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
