जेठ २८ गतेयता बाढी पहिरोलगायतका विपद्का घटनाबाट पाँच हजार ८८३ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
काठमाडौँ– गत जेठ २८ गतेयता बाढी, पहिरो लगायतका विपद्मा परी १९५ जनाको मृत्यु भएको छ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा आठ जना, बागमती प्रदेशमा ३६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २७ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी २४७ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा १०१ जना गरी जम्मा २१० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढी पहिरोमा परी ४९ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक जना बेपत्ता छन्।
बाढीको कारण जम्मा ४०८ घर डुबानमा परेका छन्। ३४२ वटा घर, १२१ वटा गोठ, ५१ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ९०९ वटा पशुचौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट पाँच हजार ८८३ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
