तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने घाइते १६ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
काठमाडौँ– तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा शुक्रबार भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन्।
घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए।
१५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
