सत्ता गठबन्धनको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचनमा नेपाली कांग्रेसलाई मात्र फाइदा भएको भन्दै असन्तुष्टि जनाएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले असन्तुष्टि जनाएका छन्। उनले गठबन्धनमा नेपाली कांग्रेसलाई मात्र निर्वाचनमा लाभ मिलेको बताएका हुन्।
सोमबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि पहिलोपटक बसेको बैठकमा दाहालले निर्वाचनको परिणामका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले आफूले गठबन्धन कायमै रहोस् भन्ने चाहेको पनि सुनाएका थिए।
बैठकमा दाहालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भने, "हामीलाई नोक्सान भयो। काग्रेसलाई कसरी लाभ भयो? यसबारे गम्भीर समीक्षा हुनुपर्छ। तर, म पनि यही गठबन्धन कायमै होस् भन्ने चाहन्छु।"
यसअघि दाहाल बैठकमा आउन आनाकानी गरेपछि उनलाई फकाउन देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँणलाई पठाएका थिए। शुरूमा मन्त्री कार्की दाहालनिवास खुमलटार पुगेर छलफल गरेका थिए भने पछि गृहमन्त्री खाँण पनि पुगेका थिए। निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि माओवादी केन्द्रले कांग्रेसको 'मत ट्रान्सफर' नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ।
यसअघि शनिबार र आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सरकार गठनका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ। यद्यपि, माओवादी नेताहरूले अहिलेकै गठबन्धन कायम हुनुपर्ने धारणा राखेका छन्।
गठबन्धनको बैठकअघि दाहाललाई भेट्न एमाले सचिव रघुवीर महासेठ पनि खुमलटार पुगेका थिए। उनीहरूबीचको भेटवार्तापछि दाहाल कोटेश्वर पुगेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।
बैठकपछि जारी संयुक्त वक्तव्यमा देशमा 'विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता'लाई ध्यानमा राखेर 'गठबन्धनलाई निरन्तरता दिन जरुरी' रहेको उल्लेख छ।
कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, "मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ। निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथै मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ।"
निर्वाचनताका गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा असहयोग र असमझदारीका घटना बढेको गठबन्धनको निष्कर्ष छ। निर्वाचनका बेला देखिएका ती असमझदारीहरूको आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
