स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्।
सप्तरी– बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि सप्तरीको हनुमानगर बजार शुक्रबार तनाव ग्रस्त बन्यो। बसको ठक्करबाट मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–७ का १७ वर्षीय ध्रुव मण्डलको मृत्यु भएको आक्रोशमा स्थानीयले हनुमाननगर बजार बन्द गराइ प्रदर्शन गरेका हुन्।
स्थानीयले बजार क्षेत्रमा टायर बालेर चक्काजाम तथा बजार बन्द गराएका थिए। प्रदर्शनमा पूर्वसांसद अशोककुमार मण्डल, वडाध्यक्ष, मृतकका आफन्त लगायतकको सहभागिता रहेको थियो। स्थानीयले घटनाको छानबिन, दोषीलाई कारबाही तथा मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राखेर हनुमाननगरमा विरोध जनाएका छन्।
विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको एसके डिलक्स नामक यात्रुवाहक बसले भारदह–राजविराज सडकखण्डको जोगिनियामा पछाडिबाट ठक्कर दिएको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले बसले मोटरसाइकल चालक मण्डललाई ठक्कर दिएपछि तत्कालै अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेको बताए।
यसैबीच प्रदर्शनकारीले आन्दोलनका क्रममा एक एम्बुलेन्सबाट गर्भवतीलाई ओराली तोडफोडका साथै चालकमा माथि आक्रमण गरेको भन्दै सोको विरोधमा सदरमुकाम राजविराजमा एम्बुलेन्स चालकले उनीहरूको विरोधमा आन्दोलित भएका छन्।
राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत राजविराजको जिल्ला स्वास्थ्य कार्यालय अगाडि बीच सडकमै एम्बुलेन्स तेर्स्याएर चक्काजाम गर्दै एम्बुलेन्स चालकहरूले प्रदर्शन गरेका थिए।
एम्बुलेन्स चालक संघ सप्तरीका अध्यक्ष सुदिलाल साहका अनुसार प्रदर्शनकारीले जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एम्बुलेन्स तोडफोड गर्नुका साथै चालक महीनारायण यादवमाथि कुटपिट भएको बताए। कुटपिटबाट घाइते भएका चालक यादवको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
